नियम २१
परीक्षा र पाठ्यक्रम सम्बन्धी व्यवस्था

(१) विभिन्न समूहको राजपत्राड्ढित पदमा आन्तरिक……………. प्रतियागितात्मक परीक्षाद्वारा हुने बढुवाको लागि आयोगले लिखित, अन्तरवार्ता वा आयोगले तोकेको अन्य तरिका मध्ये कुनै एक वा सबै तरिकाद्वारा परीक्षा लिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिमको परीक्षाको निमित्त पाठ्यक्रम निर्धारण गर्न तथा परीक्षा सञ्चालन गर्न आयोगलाई सल्लाह र सहयोग दिनको लागि कानून तथा न्याय मन्त्रालयको सचिव, महान्यायाधिवक्ताको कार्यालयको नायव महान्यायाधिवक्ता, सर्वोच्च अदालतको रजिष्ट्रार र न्याय परिषद्को सचिव सम्मिलित एक सल्लाहकार समिति रहनेछ ।